५१३ संक्रमित थपिए, थप आठजनाको मृत्यु, ८१७ निको

५१३ संक्रमित थपिए, थप आठजनाको मृत्यु, ८१७ निको

काठमाडौं, कात्तिक ६ । नेपालमा थप ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ९३१ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा ५१३ जनाको नतिजा पोजिटिभ आएको हो । चार हजार ९७२ नमुनाको पीसीआर परीक्षण गर्दा ४३८ र एक हजार ९५९ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७५ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण आठजनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ३४५ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ८१७ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या सात लाख ८६ हजार ६३० पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ५५९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

Loading
TOP