‘सोसियल मिडिया फिल्म अवार्डस’को आवेदन खुला

‘सोसियल मिडिया फिल्म अवार्डस’को आवेदन खुला

काठमाडौं, कात्तिक १८ । ड्रिम वल्र्ड अफ् फिल्म मेकर्स प्रा.लि.ले यो वर्ष अवार्ड कार्यक्रम अग्रशिल नारी संस्थाको सहकार्यमा प्रस्तुत गर्न लागेको छ । अवार्डमा गत वर्ष भन्दा यस वर्ष केही विधाहरु समेत थप गरिएको छ ।

सोसियल मिडिया फिल्म अवार्डस्मा अन्य थप आकर्षण नगद पुस्कार पनि रहेको छ । अघिल्लो अवार्ड झैं यो वर्ष पनि सञ्चारकर्मी, चलचित्रकर्मी, समाजसेवी, सामाजिक, उद्योग क्षेत्रकासाथै विभिन्न क्षेत्रमा योगदान पुर्याएका केही विशिष्ट ब्यक्तित्वहरुलाई सम्मान गरिनेछ ।

अवार्डस्मा सहभागी हुन चाहने सम्पूर्ण सहभागीलाई २०७८ कात्तिक १६ गतेदेखि आवेदन खुला समेत गरिएको आयोजकले जनाएको छ । ड्रिम वल्र्ड अफ् फिल्म मेकर्स प्रा.लिले ‘सोसियल मिडिया फिल्म अवार्डस’ २०७५ सालवाट सुरु गरेको हो ।

Loading
TOP