रसिया र साउदीबीच ‘प्राइस वार’ : विश्व बजारमा पेट्रोलियम पदार्थको मुल्यमा भारी गिरावट

रसिया र साउदीबीच ‘प्राइस वार’ : विश्व बजारमा पेट्रोलियम पदार्थको मुल्यमा भारी गिरावट

२६ फागुन,  काठमाडौँ । विश्व बजारमा पेट्रोलियम पदार्थको मुल्यमा गिरावट आएको छ ।

एक पटकको साझेदार रहेको रसियासँग साउदी अरेबिया ‘प्राइस वार’ मा उत्रीएपछि पेट्रोलियम पदार्थको मुल्यमा २७ प्रतिशतसम्मले कमि आएको हो ।

यस अघि अमेरिकी बजारमा सन् २००१ मा पेट्रोलियम पदार्थको मुल्य १५ प्रतिशतले कमि आएको थियो । अहिलेको मुल्यमा आएको गिरावटलाई त्यस यता पेट्रोलियम पदार्थमा आएको ठुलो गिरावटको रुपमा लिइएको छ ।

कच्चा तेलको बजार कब्जा गर्न साउदी अरबले प्रति ब्यारेल ३० डलर रेट प्रस्ताव गरेपछि तेलको मुल्यमा एक किसिमको युद्ध शुरु भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

अहिले क्रूड तेलको मुल्य २२ प्रतिशत कममा ३२ डलर प्रति ब्यारेलमा कारोबार भइरहेको बताइएको छ ।

त्यस्तै ब्रेंट क्रूड तेलको मुल्य पनि २२ प्रतिशतले गिरावट आएर ३५ डलर प्रति ब्यारेलमा कारोबार भईरहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

यो मुल्य सन् १९९१ पछिकै सबै भन्दा कम हो ।

ओपेक र रसियाबीच शुक्रबार बीच कोरोनाका कारण तेलको उत्पादन कम गर्ने प्रस्तावमा असमझदारी बनेपछि तेलमा मुल्य युद्ध शुरु भएको हो । ओपेकले तेलको उत्पादन कम गर्ने प्रस्ताव रसियाले अश्विकार गर्नासाथ नै शुक्रबार तेलको मुल्य १० प्रतिशतले घटेको थियो ।

यसमा साउदी अरेबियाले ६ देखि ८ डलर मुल्य घटाईदिएपछि तेलको मुल्यमा ऐतिहासिक गिरावट आएको बताइएको छ ।

साउदी अरबले अहिलेको अवस्थाको फाइदा उठाउदै मुल्य युद्धमा गएर आफुले गुमाएको बजार हासिल गर्न यस्तो गरेको बजार विश्लेषकहरुले बताएका छन् । 

Loading
TOP