फेसबुकविरुद्ध मुद्धा !

फेसबुकविरुद्ध मुद्धा !

२७ फागुन,  काठमाडौँ । अस्ट्रेलियामा फेसबुकविरुद्ध मुद्धा परेको छ । फेसबुकले अस्ट्रेलियाका तीन लाख प्रयोगकर्ताको सूचना लिक गरेको आरोपमा मुद्धा दायर गरिएको अस्ट्रेलियन मिडियाले उल्लेख गरेका छन् ।

अस्ट्रेलियाका सूचना आयुक्त एन्जेलिन फाकले संघीय अदालतमा फेसबुकले दिस इज योर डिजिटल लाइफ’ नामको सर्वेमा राजनीतिक रुझान जान्न ३ लाख ११ हजार १२७ जना प्रयोगकर्ताको जानकारी बाहिर ल्याएर गोपनियताको कानुन उलंघन गरेको आरोप लगाएका छन् ।

उनका अनुसार फेसबुकको यस प्लेटफर्मको उद्देश्य प्रयोगकर्तालाई विकल्प प्रयोग गर्न र आफ्नो निजी जानकारीमा नियन्त्रण गर्न असमर्थ पार्नु रहेको आरोप लगाइएको छ ।

यस मुद्धामा गोपनियताको कानुन उलंघन अन्तर्गत १.१ मिलियन अमेरिकी डलरसम्म जरिवाना हुनसक्ने बताइएको छ ।

यस अघि २०१४ र २०१५ मा यस्तै किसिमको मुद्धामा अमेरिकी फेडरल ट्रेड कमिशनले फेसबुकलाई ५ अर्ब डलरको जरिवाना लगाएको थियो ।  

Loading
TOP