एस्टन भिल्लामाथि लेस्टर सिटीको फराकिलो जित

एस्टन भिल्लामाथि लेस्टर सिटीको फराकिलो जित

२७ फागुन,  काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लेस्टर सिटीले एस्टन भिल्लामाथि फराकिलो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा लेस्टरले भिल्लालाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

लेस्टरको जितमा जेम्स भार्डी र हार्भी बार्नेजले २-२ गोल गरेका थिए ।

यो जितपछि लेस्टरको २९ खेलमा ५३ अंक रहेको छ भने प्रिमियर लिगको तेस्रो स्थानमा कायम रहेको छ ।

त्यस्तै भिल्लाको भने २८ खेलमा २५ अंक रहेको छ र उ रेलिगेशन जोनमा रहेको छ ।

Loading
TOP