गुगललाई समेत प¥योे कोरोना भाइरसको असर !

गुगललाई समेत प¥योे कोरोना भाइरसको असर !

२८ फागुन,  काठमाडौं । गुगलको मूल कम्पनी अल्फाबेटले आफ्ना अमेरिकाका सबै कर्मचारीलाई घरबाट काम गर्न निर्देशन दिएको छ ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि अल्फाबेटले आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न भनेको हो ।

गुगलले यसअघि वाशिंटन राज्यका कर्मचारीलाई घरबाट काम गर्न भनेको थियो ।

अब गुगलले अमेरिका र क्यानडामा रहेका ११ कार्यालयका एक लाख कर्मचारीलाई घरबाट काम गर्न निर्देशन दिएको हो ।

अमेरिकामा कोरोना संक्रमितको संख्या एक हजार नाघेपछि गुगलले यस्तो कदम चालेको हो ।

अल्फाबेटले अमेरिका अफिस भने खुल्ने र अफिस नआइनहुने कर्मचारी बहने अफिस आउने बताएको छ ।

त्यस्तै ट्वीटरले पनि आफ्ना विश्वभरका ५ हजार कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिएको थियो ।

Loading
TOP