गैरआवसीय नेपालीलाई डलर खाता खोल्न दिनेबारे छलफल भइरहेको छ : अर्थमन्त्री

गैरआवसीय नेपालीलाई डलर खाता खोल्न दिनेबारे छलफल भइरहेको छ : अर्थमन्त्री

काठमाडौं, मंसिर ७ । अर्थमन्त्री जनार्दन शर्माले गैरआवसीय नेपाली (एनआरएन)लाई डलर खाता खोल्न दिने बारे छलफल भइरहेको बताएका छन् । मंगलबार राष्ट्र बैंक परिसरमा आयोजित वित्तीय क्षेत्रको समसामयिक अवस्थाबारे समीक्षात्मक कार्यक्रममा अर्थमन्त्री शर्माले सञ्चितिको अवस्थालाई सन्तुलनमा राख्न एनआरनलाई डलर खाता खोल्न दिनेबारे छफलफल भइरहेको बताएका हुन् ।

“सञ्चितिको अवस्थालाई अलिकति सन्तुलन गर्नका लागि एनआरएनहरूले डलर खाता खोल्न पाउने बारे हाम्रो कुरा भइरहेको छ,” मन्त्री शर्माले भने, “उनीहरूले यहाँ पैसा राख्न पाउने, ब्याज पाउने र उता लैजान पाउने सहज खालको वातावरण निर्माण गर्ने बारे हाम्रो छफलफल भइरहेको छ ।”

एनआरएनको पैसा बाहिरै रहेकाले त्यसलाई नेपाल भित्र्याएर लगानी गरी सदुपयोग गर्न सकिने उनको भनाइ छ । मन्त्री शर्माले अब डिजिटल मुद्राको कारोबारलाई लागु गर्ने वातावराण बनाइनुपर्ने पनि बताए । “हामी डिजिटल कारोबारमै जान सकेका छैनौँ,” उनले भने, “अहिले डिजिटल करेन्सीको कुरा आइरहेको छ । पहिले पूर्ण रूपमा डिजिटल कारोबार लागु गर्ने वातावरण बनाऔँ, त्यसपछि डिजिटल करेन्सीमा जान सकिन्छ ।”

Loading
TOP