राखेप पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन

राखेप पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन

काठमाडौं, मंसिर ८ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ। नशा सम्बन्धी रोगबाट पीडित ५० वर्षीय शेर्पाको बुधबार बिहान ३ बजेतिर निधन भएको नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापाले सेतोपाटीलाई जानकारी दिए। पछिल्लो तीन वर्षदेखि अस्वस्थ्य रहँदै आएका शेर्पाले त्यसअघि अमेरिका, चीन र भारतलगायतमा गएर उपचारसमेत गराएका थिए। तर उल्लेख्य सुधार नभएपछि उनी स्वदेश फर्किएका थिए।

अमृत साइन्स क्याम्पसका पूर्व सभापतिसमेत रहेका शेर्पा नेपाल ओलम्पिक कमिटी र नेपाल खेलकुद महासंघका पूर्व महासचिव, नेपाल बास्केटबल संघका पूर्व अध्यक्ष हुन्। उनको अन्तिम संस्कार र श्रद्धाञ्जली कार्यक्रममा लागि परिवारसँग छलफल भइरहेको महासचिव थापाले जानकारी दिए।

Loading
TOP