राष्ट्रियसभामा नेपाली कांग्रेसको संसदीय दलको नेतामा राधेश्याम अधिकारी

राष्ट्रियसभामा नेपाली कांग्रेसको संसदीय दलको नेतामा राधेश्याम अधिकारी

२८ फागुन,  काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभामा पार्टीको संसदीय दलको नेतामा राधेश्याम अधिकारीलाई मनोनयन गरेको छ।
पार्टीका सभापति एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले रिक्त रहेको उक्त पदमा मंगलबार राष्ट्रियसभाका सदस्य अधिकारीलाई मनोनयन गरेका हुन्।

सभापति देउवाले पार्टीको संसदीय दलको विधान बमोजिम अधिकारीलाई मनोनयन गरेको सभापति देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिए। यसअघिका संसदीय दलका नेता सुरेन्द्र पाण्डे दुई वर्षे कार्यकाल पूरा गरेर राष्ट्रियसभा सदस्यबाट बिदाइ भएपछि सभापति देउवाले अधिकारीलाई जिम्मेवारी दिएका हुन्।

वरिष्ठ अधिवक्तासमेत रहेका अधिकारीको कार्यकाल गोलाप्रथाबाट चार वर्ष कायम भएको थियो। उनको अझै दुई वर्ष कार्यकाल बाँकी छ।

Loading
TOP