निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा कुकर बम विस्फोट

निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा कुकर बम विस्फोट

२८ फागुन,  काठमाडौं । निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको लोकन्थलीस्थित घरमा कुकर बम विस्फोट भएको छ ।

विष्फोटबाट भुइँ तल्लामा क्षति पुगेको छ भने झ्यालका सिसा फुट्नुका साथै कम्पाउण्डको पर्खाल ढलेको भक्तपुर प्रहरीले जनाएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले मन्त्रीपदबाट राजीनामा दिएका थिए। विष्फोट कसले गरायो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Loading
TOP