बैतडीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

बैतडीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

धनगढी, मंसिर २० । बैतडीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। सोमबार साँझ पाटन नगरपालिका–१ साकारमा पाटन बजारबाट कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जीप दुर्घटनामा परेको हो।

मृत्यु हुनेमा २४ वर्षीय प्रेम चुनारा, २० वर्षीया मनिषा विक छन्। यस्तै पाटन नगरपालिका–१ का १६ वर्षीय विनोद भट्टराई र ७२ वर्षीया रमा भट्टराई छन्।

दुर्घटनामा परेर घाइते भएका ६ जनाको पाटन स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जीपका चालक फरार रहेको बताए। सडकबाट करिब डेढ सय मिटर तल खसेर जीप दुर्घटना भएको उनले बताए ।

Loading
TOP