नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित

नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन्।
बुधबार राति सम्पन्न मतगणनामा सभापति शेरबहादुर देउवा समूहबाट खड्का र शेखर कोइराला समूहबाट गुरुङ निर्वाचित भएका छन ।
खड्काको मतअन्तर दुई सय हाराहारीमा भए पनि गुरुङ भने २ मत अन्तरले जितेका छन ।

चन्द्र भण्डारी, सुजाता कोइराला, महेश आचार्य र दिव्यश्वरी शाह भने पराजित भए।

पूर्णबहादुर खड्का: २१२१ मत पाएर विजयी

धनराज गुरुङ: १९०८ मत प्राप्त गर्दै विजयी

विजयकुमार गच्छदार: १९०६ मत प्राप्त
चन्द्र भण्डारी: १५८०,
सुजाता कोइराला: ६४४,
महेश आचार्य: ५८९
दिव्यश्वरी शाह: १३२ मत प्राप्त गरेका छन् ।

Loading
TOP