प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षित सुधार : हिडडुल र व्यायाम गर्दै

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षित सुधार : हिडडुल र व्यायाम गर्दै

२८ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षित सुधार भएको छ ।

आज प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले सामाजिक सञ्जालबाट प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको जानकारी दिएका हुन् । 

उनले प्रधानमन्त्रीले नियमित हिडडुल र व्यायाम गर्ने गरेको पनि बताएका छन् । उनले लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको स्वास्थ्यलाभ अपेक्षित गतिमा भइरहेको छ । उहाँले हिडडुल र नियमित व्यायाम गरिरहनुभएको छ ।’

सल्लाहकार थापाले प्रधानमन्त्रीले आफैले दार्‍ही काटेको पनि उल्लेख गरेका छन् ।  थापाले लेखेका छन्, ‘उहाँ आफैले दार्‍ही काट्नु भएको छ । स्वस्थ बन्ने क्रम रफ्तारमा चलिरहेको छ ।’

यता शिक्षण अस्पतालमा मंगलबार गरिएको पत्रकार सम्मेलनमा निश्चिन्त र विश्वस्त नभएसम्म प्रधानमन्त्रीलाई डिस्चार्ज नदिने चिकित्सकहरुले बताएका छन् ।

Loading
TOP