नेपाल भारत सनातन संस्कृति मैत्री समाजको वडा समिति गठन

नेपाल भारत सनातन संस्कृति मैत्री समाजको वडा समिति गठन

वीरगंज, २१ फाल्गुण । नेपाल भारत सनातन संस्कृति मैत्री समाजको वीरगंजमा वडा समिति गठन भएको छ ।

समाजकी केन्द्रिय अध्यक्ष प्रिती सिन्हाको अध्यक्षता एवं महासचिव अधिवक्ता अनिरुद्ध प्रसाद सिंहको उपस्थितिमा वीरगंज महानगर वडा नम्बर ५ को वडा इकाई समिति गठन गरिएको छ ।

सो भेलाले समाजको वडा इकाई समितिको अध्यक्षमा महिन्द्र साह तेली, उपाध्यक्षमा तेतरी देवी एवं राजु विश्वास सर्वसम्मतिबाट चयन भए ।
त्यसैगरी सचिवमा शंकर साह चयन भएका छन् भने कोषाध्यक्षमा चिन्तादेवीलाई चयन गरिएको छ । त्यसैगरी सदस्यहरुमा कृष्ण श्रेष्ठ, श्याम शर्मा, भरत महतो, हरि साह, विश्वनाथ पटेल, नवल श्रीवास्तव, भागवत प्रसाद चौधरी, उपेन्द्र प्रसाद गुप्ता, योगेन्द्र साह लगायत रहेका छन् ।

Loading
TOP