अपाङ्ग कल्याण संघ पर्साद्वारा तीन नारी सम्मानित

अपाङ्ग कल्याण संघ पर्साद्वारा तीन नारी सम्मानित
वीरगंज, २४ फाल्गुण/
 
नारी दिवसको अवसरमा अपाङ्ग कल्याण संघ पर्साद्वारा विभिन्न क्षेत्रका तीन जना नारीहरुलाई सम्मान गरिएको छ ।
 
वीरगंजस्थित गहवा माईस्थान मन्दिरको प्राङ्गणमा अपाङ्ग कल्याण संघ पर्साका अध्यक्ष संजय कुमार सर्राफको अगुवाईमा सो कार्यक्रम राष्ट्रिय मधेशी अपांग महासंघका केन्द्रिय प्रवक्ता ज्योतिष सम्राट पंडित पुरुषोत्तम दुबेको प्रमुख आतिथ्य एवं कार्यक्रम संयोजक सीमा दुबेको अध्यक्षतामा तीन जना नारी शक्ति क्रमशः महिला पत्रकार बिमला गुप्ता, मानव सेवा आश्रमका अभिभवक ओम कुमारी शर्मा र महिला उद्यमी एवं सौन्दर्यकर्मी पार्वती शर्मालाई फूलमाला गमछा र सम्मान पत्रद्वारा सम्मानित गरिएको छ ।
 
सो कार्यक्रममा अतिथि घनश्याम सापकोटा, राधेश्याम उपाध्याय, रंजू देवी, सुमित्रा देवी, अनुराधा पाण्डे, देवी श्रेष्ठ, बबिता गुप्ता लगायतको विशेष उपस्थित रहेको थियो ।
Loading
TOP