प्रशासनमा द्वैध नागरिक अमितराजको चलखेल, आमाद्वारा नागरिकता परित्याग

प्रशासनमा द्वैध नागरिक अमितराजको चलखेल, आमाद्वारा नागरिकता परित्याग

वीरगंज।

विवादास्पद औषधिको कारोबारी राजकिशोर प्रसादको छोरा, अमित राज दोहोरो नागरिक भएको प्रष्टिएको छ ।

बराह ग्रुपका प्रबन्ध निर्देशक रहेका अमित राज विशुद्ध भारतीय नागरिक रहेको र विहारको मतदाता नामावलीमा उनको नाम समेत रहेको छ । आमा गीता रानीको छोरा भएको उल्लेख गरि भारतीय मतदाता नामवलीमा उनको नाम रहेको र उनको आमा भारत विहार सरकारको कर्मचारी समेत भएको श्रोतले दाबी गरेको छ ।

अमित राजको बुवा राजकिशोर पनि झुठो विवरण दिएर जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकता लिएको बुझिएको छ । अमित राजको विरुद्ध जिल्ला प्रशासन कार्यालयमा सप्रमाण उजुरी दिएपनि हालसम्म अमितराजमाथि कारवाही अगाड़ी बढेको छैन ।

“मेरो बुवा राज किशोरको नेपाली काँग्रेसका नेताहरुसंग उठबस रहेको र गृह मन्त्रालय नेपाली काँग्रेसको जिम्मामा रहेकोले आफूलाई कसैले कारवाही गर्न नसक्ने ” भन्दै अमित राजले डिङ हाँक्दै हिंडेका छन् ।

यसैबीच  बराह ग्रुपका प्रबन्ध निर्देशक द्वैध नागरिक अमित राजको आमा गीता रानी नेपाली नागरिकता लिएर परित्याग गरेको खबर प्राप्त भएको छ ।

गीता रानीको श्रीमान राजकिशोर मलाही निवासी  भएको वीरगंजका सबै कलवार समुदायलाई थाहा छ।

तर बिहारीहरू आफू नेपाली भएको भ्रम छरेर यहाँको स्थानीय प्रहरी प्रशासन र बैंकहरूलाई चुना लगाईरहेका छन् ।

राजकिशोर र गीता रानी कागजमा सम्बन्ध बिच्छेद गरेको भए तापनि  सँगै बस्दै आईरहेका छन्।

Loading
TOP