प्रशासनले छापामारी गरेपछि कारवाहीबाट बच्न गगन थापाकहाँ हार गुहार गर्दै कालाबजारी जैन

प्रशासनले छापामारी गरेपछि कारवाहीबाट बच्न गगन थापाकहाँ हार गुहार गर्दै कालाबजारी जैन

वीरगंज/विवादास्पद व्यापारी विश्वकरण जैनको आदर्शनगरस्थित कार्यालयमा केहि दिन अघि जिल्ला प्रशासन कार्यालय पर्साले छापामारी गरेको बुझिएको छ ।

बहुराष्ट्रिय कम्पनी हमदर्दको नेपालस्थित मुख्य बिक्रेता विश्वकरण जैन कस्मेटिकको समेत कारोबार गर्दै आएका छन् । न्यू लुक नामक कोरियन कम्पनीसँग मिल्दोजुल्दो सामान चाईनाबाट मगाएर नेपालमा बेच्ने गरेको बुझिएको छ । जैनले म्याद गुज्रेको सामानहरूलाई रि-लेबलिंग गरेको सुराकीको आधारमा स्थानीय प्रशासनले छापा मारेको बताइन्छ । स्थानीय प्रशासनको कारवाहीबाट जोगिन विश्वकरण जैन नेपाली काँग्रेसका महामन्त्री गगन थापा कहाँ हार गुहार लगाईरहेको बुझिएको छ ।

यस विषयमा जिल्ला प्रशासन कार्यालयका प्रवक्ता सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलसँग बुझ्दा जैनको गोदाममा शील बन्दी गरि कारवाही प्रक्रिया अगाड़ी बढाईएको बताए ।
यस विषयमा विश्वकरण जैनको ९८०२९०१०२२ मा सम्पर्क गर्न खोज्दा फोन लागेन ।

Loading
TOP