सरकार साना निर्माण व्यवसायी मैत्री हुन सकेनः सिंह

सरकार साना निर्माण व्यवसायी मैत्री हुन सकेनः सिंह

काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले साना निर्माण व्यवसायी मारमा पार्ने निषेधको नीति लिएको बताए । उनले सरकारले सीमित ठेक्का लिन पाउने व्यवस्था गरेर साना निर्माण व्यवसायी निषेध गर्न खोजिएको बताएका हुनु ।

सिंहले ठूला निर्माण व्यवसायीलाई हरेक विधामा ३/३ वटा र ३ अर्बभन्दा मुनिको काममा ५ वटा ठेक्का लिन पाउने व्यवस्था गरेकोप्रति महासंघको आपत्ति रहेको बताए ।

यस्तै उनले सरकारसँग सहमतिको ड्राफ्टमा ६० प्रतिशतको एउटा र ४० प्रतिशतको २ वटा भन्ने स्पष्ट आएपनि अहिले सार्वजनिक खरिद नियमावली ११ औं संशोधन राजपत्रमा प्रकाशित गर्दा ८० प्रतिशत हुँदा एउटा त्यो पनि एक अर्बभन्दा मुनिको मात्रै बनाएर प्रकाशित गरेको प्रति पनि आपत्ति जनाए ।

महासंघले २२ बुँदे काठमाडौं घोषणापत्र सार्वजनिक गर्दै हाल बजारमा निर्माण सामग्रीहरु बिटुमिन, नदीजन्य सामग्री फलामजन्य सामग्री र सिमेन्ट लगायतका हरेक सामानमा मूल्यवृद्धि नियन्त्रण नभएसम्म निर्माण होलिडे कायम गर्ने पनि बताएको छ ।

Loading
TOP