नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा)को सचिवमा प्रज्ञा शर्माको दाबेदारी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा)को सचिवमा प्रज्ञा शर्माको दाबेदारी

रोजी पराजुली/
काठमाण्डौ,१४ चैत्र/

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा)को सचिवमा प्रज्ञा शर्माले उम्मेदवारी दिनु हुने भएकी छिन् ।

निकट भविष्यमैं हुने NATTA निर्वाचनमा प्रज्ञाले सचिव पदमा उम्मेदवारी दिएर निर्वाचित भएपछि संगठनको सेवा गर्ने धारणा अघि सारेकी हुन् ।

ट्राभल्स एन्ड टूर एजेन्टहरू पनि प्रज्ञाको उम्मेदवारीको चर्चाले उत्साहित भएर सघाउने चर्चा छ ।

काठमाडौँको कलंकीमा जन्मिनुभएकी शर्माले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नाकोत्तरसम्मको अध्यन गर्नुभएको छ । २००२ मा Advanture​ OUTDOOR Excursion प्रा.लि.मार्फत् पर्यटन क्षेत्रमा प्रवेश गर्नुभएकी शर्मा चिनियाँ भाषामा राम्रो दख्खल राख्नुहुन्छ ।

नेपालमा चिनिया पर्यटक भित्र्याउन उहाँको कम्पनि उच्च कोटीमा पर्दछ । व्यापार प्रवर्द्धनको सिलसिलामा विश्वका दर्जनौँ देशको भ्रमण गरिसक्नुभएकी शर्मा एक सफल महिला उद्यमीको रुपमा परिचित हुनुहुन्छ ।

समाज सेवामासमेत सक्रिय शर्मा LIONS CLUB INTERNATIONAL लगायतको संघ-सस्थामा आवद्ध हुनुहुन्छ ।

पर्यटन क्षेत्रमा धेरैभन्दा धेरै महिलाहरुलाई प्रबेश गराई उद्यमी एवं आत्मनिर्भर बनाउने उहाँको ठूलो चहना रहेको छ ।

आगामी दिनहरुमा महिलाले पर्यटन क्षेत्रको नेतृत्व गर्न सक्ने परिस्थिति निर्माण गर्न र हाल थला परेको पर्यटन व्यवसाय पुनर्जीवित गर्न आफूले महत्वपुर्ण भूमिका निर्वाह गर्ने उहाँको विश्वास रहेको छ ।

शर्माले आफूलाई सचिव पदमा निर्वाचित गराउन NATTA का सम्पूर्ण सदस्यलाई अमूल्य मत दिन हार्दिक अनुरोध गर्नुभएको छ ।

Loading
TOP