चीनका लागि प्रस्तावित राजदूत पाण्डेविरुद्ध उजुरी आह्वान

चीनका लागि प्रस्तावित राजदूत पाण्डेविरुद्ध उजुरी आह्वान

२८ फागुन, काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले चीनका लागि प्रस्तावित राजदूत महेन्द्रबहादुर पाण्डेविरुद्ध उजुरी आह्वान गरेको छ ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले पाण्डेविरुद्ध उजुरी दिन १० दिने सूचना निकाल्न निर्देशन दिएको हो । 

समिति सभापति लक्ष्मणलाल कर्णले मन्त्रिपरिषद्बाट चीनको आवासीय र उत्तर कोरिया तथा मंगोलियाको गैरआवासीय राजदूतका लागि प्रस्ताव गरिएका पाण्डेविरुद्ध उजुरी आह्वान गरिएको जानकारी दिएका छन् ।

समिति सदस्यहरूलाई पाण्डेको व्यक्तिगत विवरण वितरण गरिएको र गुनासो तथा सूचना संकलनका लागि उजुरी आह्वान गरिएको उनले बताए ।

गत फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको थियो । 

पौडेललाई फिर्ता बोलाएर उनको ठाउमा पाण्डेको नाम सिफरिस भएको थियो ।

Loading
TOP