विहिबार तोलामा ८ सयले घट्यो सुनको मूल्य

विहिबार तोलामा ८ सयले घट्यो सुनको मूल्य

२९ फागुन,  काठमाडौं । साताको पाँचौ दिन विहिबार सुनको मुल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा रु ८०० ले घटेर प्रतितोला ८१ हजार ५०० मा कारोबार भइरहेको छ ।

यसअघि बुधबार सुन प्रतितोला रु ८२ हजार ३०० मा कारोबार भएको थियो ।

महासंघका अनुसार तेजावी सुनको मूल्य आज ८१ हजार २०० कायम गरिएको छ ।

यस्तै, विहिबार चाँदीको मूल्य पनि घटेको छ । आज, चाँदी तोलामा रु २० ले घटेर प्रतितोला ८६० रुपैंयामा कारोबार भइरहेको महासंघका जनाएको छ ।
 

Loading
TOP