मिस नेपाल श्रेष्ठलाई प्रधानद्धारा सम्मान

मिस नेपाल श्रेष्ठलाई प्रधानद्धारा सम्मान

काठमाडौं । मिस नेपाल नम्रता श्रेष्ठलाई शनिबार चन्द्रागिरीमा सम्मान गरिएको छ । वडा नम्बर १५ निवासी श्रेष्ठलाई अदिवाह नेपालले सम्मान गरेको हो ।

राप्रपाका केन्द्रीय सदस्य, समाजसेवी तथा यातायात विज्ञ देवेन्द्र प्रधानले प्रमुख अतिथिको रुपमा उनलाई सम्मान गरेका हुन् । प्रमुख अतिथि प्रधानले मिस नेपाल राष्ट्रका गहना भएकाले सरकारले पनि सम्मान गर्नुपर्ने बताए । उनले समाजमा जुनसुकै क्षेत्रमा योगदान दिनेलाई पनि सरकार र सरोकारवाला निकायले सम्मान गरे उनीहरुमा कामप्रतिको हौसला बढ्ने बताए । सम्मान पाएपछि श्रेष्ठले आफू निकै खुशी भएको बताइन् । उनले आगामी दिनमा पनि आफ्नो यात्रालाई अगाडि बढाउने प्रतिबद्धता जनाइन् ।

 

संस्थाका सचिव रमण श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा चन्द्रागिरी हिल्सका महाप्रबन्धक अभिषेक विक्रम शाह विशिष्ट अतिथि थिए । कार्यक्रममा व्यवसायी विकास खड्गी, कराँतेका अन्तर्राष्ट्रिय प्रशिक्षकद्धय शंकररत्न महर्जन र वीरकृष्ण शाहीलाई पनि सम्मान गरिएको थियो ।

Loading
TOP