डा. रामप्रसाद दाहालको कृति “आँखामा जापान ” लोकापर्ण

डा. रामप्रसाद दाहालको कृति “आँखामा जापान ” लोकापर्ण

गीतकार तथा साहित्यकार डा. रामप्रसाद दाहालको १७ औं कृति तथा सातौं संस्करण आँखामा जापान इन्जिनियर प्रा. डा. दिनेशकुमार शर्मा र लेखकले संयुक्त रुपमा सगरमाथा ÷कालापत्थरमा हालै सार्वजनिक गरेका छन् ।

अघिल्लो संस्करण भन्दा पूर्ण संसोधित र परिमार्जनका साथ यस संस्करणमा ७ वटा नयाँ शीर्षक थपगरी कृतिलाई अझ नविनतम जानकारि मूलक र उपयोगी वनाउन दाहाल सफल हुनु भएको कुरा प्रा. डा. दिनेश शर्माले वताउनु भयो । लेखकले यस संस्करणमा जापानी भाषाको शब्दको स्वाद, कुरोमन इचिवा क्षेत्रमा हामी, नारापार्कमा भेटिएका भिक्षुहरु, टुङ्गाको खुशीमन, वुद्धको उपदेश र जापानी शैली, जापानीजका दार्शनिक कुरा, हामीलाई सायोनारा जस्ता शीर्षक नै थपगरी कृतिलाई पूर्णता दिएको कुरा वताए ।

जापान बुझ्न चाहने पाठकलाई यो कृति साथी हुनेछ र जापानका वारेमा राम्रो ज्ञानका साथै जीवनका विविध पाटाहरुलाई दार्शनिक पक्ष सँग जोडेर लेखकले कृतिमा नयाँपन दिनु भएको छ । यसमा उठाइएका विषयले बौद्धिक पाठकहरुका लागी पनि सन्तुष्टि प्रदान गर्नेछ । कृतिमा विचारमा व्यापकता, भावनामा पस्किृत स्वरुपको आगमन स्पष्ट रुपमा देख्न सकिन्छ । यस अर्थमा हेर्दा यो कृति उज्यालो छ ,अनि पठनिय र गहन पनि छ । भनाइमा स्पष्टता, रमरम बौद्धिकता, लेखाइमा सरलता रहेको यो कृति १६० पेजको छ भने कभर आकर्षक छ । कभरको पछाडि पटि लेखकको संक्षिप्त परिचय दिएको छ । सारमा भन्दा जापानको धर्म संस्कृति, सामाजिक परिवेश लगाइ, खुवाइ, आर्थिक सम्वृद्धि दोस्रो विश्वयुद्धबाट थिलथिलो भएको जापानलाई संसारकै उत्कृष्ट राष्ट्र वनाउने जापानीहरुको त्याग तपस्यालाई पनि यस यात्रावृतान्तमा चित्रण गरिएको छ । यस अर्थमा लेखक बधाइका पात्र छन् ।

Loading
TOP