कालापत्थरमा दाहालको ‘जापान’ लोकार्पण

कालापत्थरमा दाहालको ‘जापान’ लोकार्पण

काठमाडौं । गीतकार तथा साहित्यकार डा. रामप्रसाद दाहालको १७ औं कृति तथा सातौं संस्करण ‘आँखामा जापान’ नियात्रा संग्रह कालापत्थरमा हालै लोकार्पण भएको छ


ईन्जिनियर प्रा .डा. दिनेशकुमार शर्मा र लेखकले संयुक्त रुपमा सगरमाथाको कालापत्थरमा फरक शैलीमा यसको लोकार्पण गरेका हुन् । अघिल्लो संस्करणभन्दा पूर्ण संशोधन र परिमार्जन गरी थप ७ वटा नयाँ शीर्षक थप्न कृति सफल भएको शर्माले बताए । लेखकले यस संस्करणमा जापानी भाषाको शब्दको स्वाद, कुरोमन इचिवा क्षेत्रमा हामी, नारापार्कमा भेटिएका भिक्षुहरु, टुङ्गाको खुशी मन, वुद्धको उपदेश र जापानी शैली, जापानीजका दार्शनिक कुरा, हामीलाई सायोनारा जस्ता शीर्षक थप गरेको जनाए ।

 

‘जापान बुझ्न चाहने पाठकलाई यो कृति साथी हुनेछ र जापानका बारेमा राम्रो ज्ञानका साथै जीवनका विविध पाटाहरुलाई दार्शनिक पक्षसँग जोडेर लेखकले कृतिमा नयाँपन दिनुभएको छ’ शर्माले पुस्तबारे भने ‘यसमा उठाइएका विषयले वौद्धिक पाठकहरुका लागि पनि सन्तुष्टि प्रदान गर्नेछ ।’ कृतिमा विचारमा व्यापकता, भावनामा परिस्कृत स्वरुपको आगमन स्पष्ट रुपमा देख्न सकिन्छ । यस अर्थमा हेर्दा यो कृति उज्यालो छ, अनि पठनीय र गहन पनि छ । भनाइमा स्पष्टता, रमरम बौद्धिकता, लेखाइमा सरलता रहेको यो कृति १६० पेजको छ भने कभर आकर्षक छ । कभरको पछाडि लेखकको संक्षिप्त परिचय दिएको छ ।

सारमा भन्दा जापानको धर्म संस्कृति, सामाजिक परिवेश लुवाई, खुवाई, आर्थिक सम्वृद्धि दोस्रो विश्वयुद्धबाट थिलथिलो भएको जापानलाई संसारकै उत्कृष्ट राष्ट्र बनाउने जापानीहरुको त्याग तपस्यालाई पनि यस यात्रावृतान्तमा चित्रण गरिएको छ । लेखकले आगामी दिनमा पनि यस्तै पुस्तक प्रकाशन गरेर समाजलाई केही योगदान दिने बताएका छन् ।

Loading
TOP