निवर्तमान मेयर राइले छोडे एमाले

निवर्तमान मेयर राइले छोडे एमाले

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका मेयर बृषबहादुर राईले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन् ।

नगरप्रमुख राईले फेसबुकमा स्टटस लेख्दै पार्टी परित्याग गरेको जनाएका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा राईको नेतृत्वमा एमालेले ‘क्लिन स्वीप’ गरेको थियो । नगरपालिकामा ५२ सिट नै एमालेले जितेको थियो । उनी पनि मेयरको आकांक्षी थिए । एमालेले पाख्रिबासको उम्मेद्वार छनौटको क्रममा राई असन्तुष्ट रहँदै आएका उनी निकट एक कार्यकर्ताले बताए । एमालेको तर्फबाट भीम राई पाख्रिबासको मेयर उम्मेद्वार बनेका छन् ।

Loading
TOP