काठमाण्डौको मेयरमा सिर्जना सिंहलाई जिताउन गठबन्धनका नेता एउटै मंचमा

काठमाण्डौको मेयरमा सिर्जना सिंहलाई जिताउन गठबन्धनका नेता एउटै मंचमा

काठमाण्डौ ।

गाेर्खाली नेताहरुकाे एकै स्वर सिर्जना सिंह जस्ताे शालिन नेतृत्व काठमाडौंले पाए काठमाडौं व्यवस्थित हुन्छ

पहिले न्याय नपाए गाेर्खा जानुपर्थाे, अब काठमाडौं महानगर जाने बनाउछु- सिंह

बाबुराम भट्टराई भन्छन- केशव स्थापित ´डेटएक्सपाएर` अौषधी हुन काठमाडौंलाई काम गर्दैन

काठमाडौंमा नेपाली कांग्रेसले आगाडि सारेकाे काठमाडौंका मेयर उम्मेदवार सिर्जना सिंह जिताउन गाेर्खाका शिर्ष नेताहरुले एकै ठाउमा उभिएर समर्थन जनाएका छन्।

गाेरखा काठमाडौं चुनाव प्रचार प्रसार समूहले आयाेजना गरेकाे कार्यक्रममा जसपाका नेता तथा पुर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पान्डे, नेतृ कमला पन्त, चिरञ्जीवी वाग्ले लगायत नेताहरुले सिर्जना सिंह जस्ताे सालिन व्यक्तित्व मेयर उम्मेदवारकाे रुपमा काठमाडौंले पाउनु साैभाग्य भएकाे बताउदै जिताउन अपिल समेत गरेका छन।

कार्यक्रममा बाेल्दै सिर्जना सिंहले माइती जिल्ला गाेर्खाबाटै राजनीति यात्रा सुरु गरेकाे उल्लेख गर्दै मेयर भएमा पार्टीकाे घाेषणा पत्र र मेराे संकल्प पत्रनै मेराे संकल्प पाएकाे बताए। देशकाे एकीकरण गाेर्खाले गरेकाे उल्लेख गर्दै अब काठमाडौंकाे मेयर बनेर गाेर्खाकाे चेलीले काठमाडौं सफा सुन्दर र व्यवस्थित गर्ने बताईन। पहिले न्याय नपाए गाेर्खा जानू भन्ने प्रचलन रहेकाे बताउदै अब न्याय नपाए काठमाडौंकाे मेयरकाे जाने वातावरण बनाउने समेत बताइन। पहिले राजनीतिबाट घर सम्हाल्न पुगेकाे बताउदै अब सबै सिपकाे प्रयाेग गरेर अवसर पाए काठमाडौं सम्हाल्ने समेत सिंहले बताइन।
काठमाडौंमा साना समस्याले गाजेकाे उल्लेख गर्दै अब स्वच्छ काठमाडौं र सफा काठमाडौंनै प्रमुख अभियान रहने सिंहले बताईन।

जनता समाजवादी पार्टीका नेता तथा पुर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सिर्जना सिंहकाे जित निश्चित भएकाे बताए। काेही परिवारसंग जाेडियाे भने महिलालाई आराेप लगाउने गरेकाे बताउदै सिंह आफ्नै बलवुतामा नेता भएकाे बताए। ´हामी गठबन्धन मात्रै नभएर गाेर्खाकाे चेली समेत भएकाेले सालिन व्याक्तित्वलाई मेयर जिताउनुकाे विकल्प छैन,` भट्टराईले भने।

अहिले एमालेले आगाडि सारेका केशव स्थापितप्रति पहिले आफुमा पनि भ्रम रहेकाे बताउदै उहाँमा डेट एक्सपाएर ओखती रहेकाे बताए। आफू प्रधानमन्त्री हुदा विकास प्राधिकरणमा लगेकाे तर पछि उहाँ पछि निकालेकाे प्रसंग काेट्याउदै सिर्जना सिंहकाे जित निश्चित भएकाे बताए। ´सिंहले आगाडि सारेकाे घाेषणापत्र व्वाहारिक छ, उहाँलेजितेपछि सवैलाई समेटेर राम्राे महानगर बनाउने अभियानकाे नेतृत्व गर्ने हुनुहुन्छ,` भट्टराईले भने।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सिर्जना सिंहकाे विजय निर्विवाद भएकाे बताए। काठमाडौंमा पहिलाे पटक महिला मेयर आउने निश्चत भएकाे बताउदै सिंहलाई गणेशमान सिंह परिवार भनेर उम्मेदवार बनाएकाे भन्ने आराेप मित्थ्या भएकाे बताए। सिंहकाे राजनीति यात्रा लामाे रहेकाे बताँउदै प्रकाशमान भन्दा आगाडिनै रहेकाे बताए। ´मैले नेपाली कांग्रेसबाट गाेरखाबाटै राजनीति सुरु गरेकाे हाे, साेही समयमा सिर्जना श्रेष्ठले कांग्रेसकाे राजनीति सक्रिय हुनुहुन्थ्यो,` श्रेष्ठले भने। सिंहकाे जित संविधान लाेकतन्त्रकाे समेत जित हुने भएकाेले पनि जित अनिवार्य सर्त रहेकाे बताए।
श्रेष्ठले सिंहकाे प्रतिस्पर्धी केशव स्थापित अवसरवादीकाे परकाष्ठा भएकाे बताए। स्थापित जस्ताे हावादारी उम्मेदवारलाई जनतालाई भाेट नदिने दावी समेत श्रेष्ठले बताए।

कांग्रेस नेता चिरञ्जीवी वाग्लेले सिर्जना सिंह गाेर्खाका परिवार २००७ साल देखिकै क्रान्तिमा सहभागी रहेकाे बताउँदै सिंहकाे राजनीति सक्रियता गाेर्खाबाटै भएकाे बताए। वाग्ले आफू स्थानीय विकास मन्त्री हुदँ काठमाडौंकाे मेयर हुदा तत्कालिन मेयर पिएलसिंहले जम्मा पारिदिएकाे पैसामा रजाइँ गरेर हावदारी गफ गर्दै हिडेकाे सम्झना ताजै रहेकाे बताए। सिर्जना सिंहसँग काठमाडौं मेयरमा कसैकाे पनि प्रतिस्प्रर्धा नहुने समेत बताए।

नेपाली काग्रेसका केन्द्रीय सदस्य रामहरी खतिवडाले न्याष नपाए गाेर्खा जानू भनेर पढेकाे उल्लेख गर्दै गाेर्खाकी चेली सिर्जना सिंह काठमाडौंमा मेयर बनेर न्याय दिने बताए। सिंहकाे राजनीति बिरासतकाे नभएर आफै उठेकाे महिला भएकाे बताए। गाेरखा काठमाडौं चुनाव प्रचार प्रसार समूहले आयाेजना कार्यक्रममा खतिवडाले केपी ओली जसरी हावादारी कुरा गरेर जनतालाई भ्रमित पर्छन त्यस्तै पार्टी र संगठन समेत ठेगान नभएका केशव स्थापितलाई अगाडि सारेकाे बताउदै सम्पुर्ण जनताले एक मत भएर सहि ठाउमा मतदान गर्न आग्रह गरेका छन्। नेपाली कांग्रेसले छानेकाे उम्मेदवार सिंहले जित्त्दै गर्दा अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा पाउने बताए।

कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पान्डेले गाेर्खाबाट आउने कुनै पनि पार्टी नभनी जिताउने अभियानमा लाग्न आग्रह गरेका छन्। सिर्जना सिंहले कुनै विरासतबाट नभएर नेविसंघ देखिनै राजनीति यात्रा गरेकाे उल्लेख गर्दै आएकाे बताए। गणेशमान सिंहकाे परिवारमा बुहारी बनेर भित्रिएपछि परिवार व्यवस्थापनमा लाग्नु परेकाे बताउदै अब सक्रिय राजनीति फेरि फर्कनु भएकाे बताए। ´जसरी घर व्यवस्थापन गर्नु भयाे अब काठमाडौं पनि व्यवस्थापन गर्नु हुन्छ` पान्डेले भने। सिर्जना सिंहले गर्न सकिने कामकाे जिम्मा लिनु भएकाेले हावादारी गफकाे पछि नलाग्न पनि पान्डेले आग्रह गरेका छन्।

काग्रेस नेतृ कमला पन्तले काठमाडौंकाे मेयरकाे रुपमा गाेर्खाकाे चेली पाउनु गर्वकाे विषय बिषए भएकाे बताए। पन्तले काठमाडौं अहिले नेतृत्व विहिन टुहुराे भएकाे बताउदै अब सिंह आएपछि काठमाडौंले नेतृत्व पाउने बताए।

Loading
TOP