चाँगुनारायण ३ मा कसरी जित्छौं भन्छ राप्रपा ?

चाँगुनारायण ३ मा कसरी जित्छौं भन्छ राप्रपा ?

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जित्ने दाबी गरेको छ ।

वडाध्यक्षका उम्मेदवार सरोज मल्ल, सदस्य विजयकृष्ण दाहाल, सदस्य गणेश कुमार मल्ल ठकुरी र महिला सदस्य अम्बिका थुयाँले आफूहरुले जित्ने दाबी गरेपछि अरु दल अत्तालिएका छन् । उनीहरूले चाँगुनारायण ३ का जनतालाई कोभिडमा आफ्नो ज्यानको बाजी थापेर पनि अरुलाई सहयोग गरेको, अप्ठ्यारो पर्दा अरुबेला पनि नागरिकको पक्षमा काम गरेकोले वडावासीले पत्याउने भन्दै आएका छन् । उनीहरुले भ्रष्टाचारमुक्त समाजको निर्माण गर्ने, भूमिहिनलाई भूमि व्यवस्थापनको लागि पहल गर्ने, विद्यालय शिक्षामा संस्कारसहितको शिक्षाको आरम्भ गर्ने, कला, संस्कृति तथा परम्पराको संरक्षण तथा विकास गर्ने योजना अघि सारेका छन् । त्यतिमात्र होइन उनीहरुले रोजगारी तथा स्वरोजगारका अवसर सृजना गर्ने, सर्वसुलभ स्वास्थ्य उपलब्ध गराउने, वडाका विद्यालयलाई राष्ट्रिय स्तरका नमुना विद्यालय बनाउने, सामाजिक सुरक्षा भत्ता घरघरमा पुर्याउने योजना अघि बढाएका छन् ।

राप्रपा फरक विचार लिएर निर्वाचनमा गएको छ । उनीहरुले पार्टीको विचार र सिद्धान्त जनताको पक्षमा भएकाले मतदातालाई कुनै भ्रममा नपरी राप्रपालाई मतदान गर्न पनि आग्रह गरेका छन् ।

Loading
TOP