गोली चलाएको अभियोगमा पर्सामा थारु पक्राउ

गोली चलाएको अभियोगमा पर्सामा थारु पक्राउ

रामकिशोर चौधरी
पर्सा । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ मा बिहीबार राती गोली चलाएको आरोपमा सल्टु खाव थारु पक्राउ परेका छन् ।

नेपाली कांग्रेसको वडा नम्बर १ का अध्यक्षका उम्मेदवार दिपेन्द्र कँडेललाई लक्षित गरी गोली चलाइएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । राती १० बजे घटना भएको थियो । गोली जीवन तामाङको घरमा रहेको चामलको बोरामा लागेको थियो । वडा नम्बर १ रेन्ज औराहाको दुर्गा चौकमा रहेको नेपाली कांग्रेसको कार्यालयमा छलफल गरिरहेका बेला गोली चलेको थियो । घटना भएको केही समयमै ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको सशस्त्र प्रहरीको टोली घटना स्थलमा पुगेको थियो ।

ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक किशोर आचार्यले गोली कसले चलाएका हो भन्ने बारेमा अनुसन्धान भइरहेको जनाएका छन् ।

 

Loading
TOP