के नेइमारले पिएसजीलाई च्याम्पियन्स लिग जिताउलान् ?

के नेइमारले पिएसजीलाई च्याम्पियन्स लिग जिताउलान् ?

२९ फागुन,  काठमाडौँ । ब्राजिलियन स्टार खेलाडी नेइमार अन्तत: पिएसजीको च्याम्पियन्स लिगमा सफलता हासिल गर्ने योजनालाई साकार पार्ने बाटोमा आएका छन् ।

पिएसजीले २०१७ मा कीर्तिमानी रकममा बार्सिलोनाबाट किन्दा पिएसजीको लक्ष्य च्याम्पियन्स लिगको सफलता नै थियो । किनकी लिग वानमा त पिएसजीले राम्रै गरिरहेको थियो ।

तर २ सिजनको निराशाजनक प्रदर्शन पछि यस सिजनमा गएराती नेइमारले आफ्नो विश्व कीर्तिमानी रकमको ‘जस्टिफाई’ गर्दै पिएसजीलाइ २०१५-१६ पछि पहिलो पटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुर्याएका छन् ।

पिएसजीमा नेइमारको इन्जुरीले पनि उनलाई आफ्नो क्षमता र बलबुतामा जिताउने अवसर कमै दिएको देखिन्छ । यस अघिका सिजनमा पनि इन्जुरी पनि बाधक बनेको थियो ।

२०१७-१८ सिजनमा पहिलो लिग खेलेका नेइमार दोस्रो लिग इन्जुरीका कारण खेल्न पाएनन् । सो बर्ष रियल म्याड्रिडले अन्तिम १६ मा समग्रमा ५-२ ले पिएसजीलाई पराजित गरेको थियो ।

त्यसपछि २०१८-१९ सिजनमा पनि खुट्टाको इन्जुरीका कारण नेइमारले च्याम्पियन्स लिगको नकआउट स्टेज नै खेल्न पाएनन् । पिएसजी गत सिजनमा पनि अन्तिम १६ बाटै बाहिरिएको थियो ।

तर यस सिजनमा डोर्टमण्डसँग पहिलो लिगमा २-१ ले पछि पर्दा एक गोल गरेका नेइमारले दोस्रो लिगमा पनि गोल गर्दै जितको पृष्ठभूमि तयार गरेका थिए ।

योसँगै पिएसजी, एटलेटिको म्याड्रिड, आरबि लेइपजिंग र एटलान्टा च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन् । अब अर्को साता बार्सिलोना, रियल म्याड्रिड, युभेन्टस जस्ता क्लबको निर्णायक खेल हुने छन् । 

यो सफलताले पिएसजी च्याम्पियन्स लिगमा केहि आशा पलाएको छ । यसमा बार्सिलोना, बायर्न म्युनिख, म्यानचेस्टर सिटी, एटलेटिको, युभेन्टसजस्ता क्लब बाधा बन्ने निश्चित छ । यस्तोमा नेइमारको प्रदर्शनमा नै पिएसजीको सफलता देखिएको छ ।

Loading
TOP