युरोपियनलाई अमेरिका यात्रामा रोक

युरोपियनलाई अमेरिका यात्रामा रोक

२९ फागुन,  काठमाडौँ । अमेरिकाले युरोपबाट अमेरिका यात्रा गर्न एक महिनाका लागि प्रतिबन्ध लगाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विहिबार एक घोषणा गर्दै कोरोनाको संक्रमण रोक्न युरोपबाट अमेरिका यात्रा गर्न एक महिनाका लागि प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् ।

अमेरिकाको प्रतिबन्धमा ब्रिटेन भने समावेश नरहेको ट्रम्पले बताएका छन् ।

ट्रम्पले नागरिकको जीवनको सुरक्षाभन्दा ठुलो केहि नभएको भन्दै कोरोनालाई छिटै पराजित गर्नुपर्ने बताएका छन् ।

ट्रम्पले कोरोना विश्वकै दुश्मन बनेकोले यसलाई छिटो र सुरक्षित किसिमले पराजित गर्नुपर्ने बताएका छन् ।

अमेरिकामा अहिलेसम्म कोरोनाका कारण ३८ जनाको मृत्यु भएको छ भने ११ सय ३५ जना संक्रमित भएका छन् ।

Loading
TOP