सुनको मुल्यमा गिरावट, तोलामा ३ हजारले घट्यो

सुनको मुल्यमा गिरावट, तोलामा ३ हजारले घट्यो

३० फागुन,  काठमाडौं । शुक्रबार सुनको मुल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा रु ३ हजारले घटेर प्रतितोला ७८ हजार ५०० मा कारोबार भइरहेको छ ।

यसअघि विहिबार सुन प्रतितोला रु ८१ हजार ५०० मा कारोबार भएको थियो ।

महासंघका अनुसार तेजावी सुनको मूल्य आज ७८ हजार २०० कायम गरिएको छ ।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । आज, चाँदी तोलामा रु ४० ले घटेर प्रतितोला ८२० रुपैंयामा कारोबार भइरहेको महासंघका जनाएको छ ।

Loading
TOP