नेप्से १३ सय ७७ अंकमा : सातामा १६ अर्ब २१ करोडको सेयर किनबेच
३० फागुन, काठमाडौ । यो साता नेप्से १३ सय ७७ दसमलव १८ अंकमा पुगेर रोकिएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई सय ९५ दसमलव ५० अंकमा पुगेर रोकिएको छ ।
नेप्सेमा यो साता एक सय ८० कम्पनीहरुको कारोवार भएकाछन । जसअनुसार ५५ हजार छ सय ८१ वटा कारोवारमा एक करोड ४० लाख ४८ हजार नौ सय ११ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम पाँच अर्ब ५० करोड ४४ लाख ४० हजार एक सय ७२ रुपैयाँ पुगेको छ । कारोवार रकम गत साताको तुलनामा झण्डै १० अर्ब रुपैयाँले कम हो ।
नेप्सेमा गत साता भने एक सय ७९ कम्पनीहरुको कारोवार भएका थिए । जसअनुसार तीन करोड ८४ लाख २६ हजार सात सय २४ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम १६ अर्ब २१ करोड ९० लाख ५४ हजार सात सय ८२ रुपैयाँको कारोवार भएको थियो । यो साता नेप्सेको नियमित कारोवार कक्ष तीन कार्य दिन मात्र खुल्ला रहेको थियो । सो मध्ये पहिलो र दोस्रो दिन नेप्से बन्द रहेको थियो भने तेस्रो र पाँचौं दिन नेप्से घटेको थियो । चौथो दिन भने नेप्से बढेको थियो ।
तेस्रो दिन नेप्से ८६ दसमलव ३९ अंकले घटेर १३ सय ४९ दसमलव ३१ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स १७ दसमलव ३५ अंकले घटेर दुई सय ९० दसमलव ३६ अंकमा पुगेको थियो ।
चौंथो दिन भने नेप्से ७३ दसमलव ७८ अंकले बढेर १४ सय २३ दसमलव नौ अंकमा पुगेकोमा सेन्सिटिभ १४ दसमलव ३३ अंकले बढेर तीन सय चार दसमलव ६९ अंकमा पुगेको थियो । पाँचौ दिन पनि नेप्से ४५ दसमलव ९१ अंकले घटेर १३ सय ७७ दसमलव १८ अंकमा पुग्दा सेन्सिटिभ पनि नौ दसमलव १९ अंकले ओरालो लागेर दुई सय ९५ दसमलव ५० अंकमा पुगेको थियो ।
यो साता नेप्सेमा बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, प्रभु बैंक, एनएमबी बैंक आदि परेकाछन भने सेयर कारोवार भएको संख्याको आधारमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, ग्लोवल आईएमई बैंक, हिमालयन ढिष्ट्रिलरी कम्पनी आदि अगाडि परेकाछन ।
पुंजीकरणको आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीहरु अगाडि परेकाछन । नेप्सेका अनुसार यो साता पोखरा फाईनान्स, स्वरोजगार लघुबित्त बित्तीय संस्था लगायतका कम्पनीह्रुको बोनस सेयर सुचीकृत भएकाछन् ।