वर्ल्ड वाइड वेबका जन्मदाताको चेतावनी – इन्टरनेटको दुरुपयोग बढ्यो

वर्ल्ड वाइड वेबका जन्मदाताको चेतावनी – इन्टरनेटको दुरुपयोग बढ्यो

३० फागुन, काठमाडौं ।  विश्वव्यापी संजाल मतलब वर्ल्ड वाइड वेब (डबल्युडबल्युडबल्यु) सन् २०२० मा ३१ वर्षको भएको छ । हरेक वर्ष मार्च १२ मा डबल्युडबल्युडबल्युको जन्मदिवस मनाउने गरिन्छ, किनभने १२ मार्च, १९८९  मा सर टिम बर्नर्स लीले आफ्नो कार्यालय प्रमुखलाई एउटा प्रपोजल दिएका थिए जसको नाम इन्फरमेशन म्यानेजमेन्ट: अ प्रपोजल थियो ।

डबल्युडबल्युडबल्यु ३१ वर्ष पुरा भएको अवसरमा वर्ल्ड वाइड वेबका आविष्कारकले अनलाइन एब्यूज (इन्टरनेटको दुरुपयोग) र आर्टिफिशियिल इन्टेलिजेन्स (एआई) को खतराको बारेमा चेतावनी दिएका छन् । 

वर्ल्ड वाइड वेबको ३१औँ जन्मदिनको मौकामा यसको आविष्कारक सर टिम बर्नर्स लीले वेबको दुरुपयोगको विषयमा एक खुला चिठी लेखेका छन् जसमा उनले महिला र बालिकाहरुको विरुद्ध अनलाइन हिंसा र भेदभावको बारेमा पुरै संसारलाई चेतावनी दिएका छन् ।

उनले आफ्नो चिठीमा महिला तथा  बालिका र समलैंगिक समुदायलाई अनलाइन विभिन्न धम्की मिल्ने गरेको बताएका छन् जसमा एआईको हात रहेको बताएका छन् । इन्टनरेट पनि अब लैंगिक विभाजनको शिकार भएको बताएका छन् । इन्टरनेटका पुरुष प्रयोगकर्ताको तुलनामा महिलाको संख्या कम रहेको छ ।

इन्टरनेटमा कम छ महिलाको संलग्नता 

विश्वको प्राय महिला अहिलेपनि इन्टरनेटसंग जोडिएका छैनन् , किनभने उनीहरु संग न त पैसा छ न सुविधामा पहुँच । महिलाहरु संग आवश्यक प्राविधिक ज्ञान पनि पुग्न सकेको छैन । इन्टरनेटमा पुरुषको संख्या महिलाको तुलनामा २१प्रतिशत धेरै रहेको छ । यस अन्तरले विद्यमान असमानतको पुष्टि दिएको छ र लाखौं मानिसलाई वेबको उपयोग गर्नबाट रोक लगाएको छ ।

महिलाको लागि इन्टरनेट सुरक्षित छैन 

महिलाहरु इन्टरनेटबाट टाढा रहनु एउटा ठुलो कारण भनेको महिला वा बालिकाहरुको लागि अनलाइन सुरक्षित छैन । बर्नर्स-ली को अनुसार वेबद्वारा र फाउन्डेशन एन्ड द वर्ल्ड एसोसिएशन अफ गर्ल गाइड्स एन्ड गर्ल स्काउट्सको साथमा गरिएको एक अनुसन्धानको अनुसार इन्टरनेमा भएका ५० प्रतिशत महिला र बालिका पनि कुनै न कुनै रूपमा अनलाइन दुर्व्यवहारको अनुभव गरेका छन् ।

जस मध्य प्राय महिला तथा बालिकालाई धम्कीले भरिएको सन्देश पठाउने र यौन उत्पीडनको साथमा सहमति नभई उनीहरुको व्यक्तिगत तस्बीरहरु अनलाइनमा सार्वजनिक गरिदिने काम हुन्छ ।

अनुसन्धानमा भएका ८४ प्रतिशत मानिसको अनुसार यस समस्या समय संगै झन् धेरै ठुलो हुँदै गईरहेको छ । अनलाइन गाली महिलाहरुको जागिरबाट  निकालिने र बालिकाहरुलाई स्कूल छोड्नुको कारण बनिरहेको छ । यो संगै उनीहरुको सम्बन्ध पनि बिग्रिरहेको छ । यस कारणले पनि कतिपय महिला पत्रकारहरु र राजनीतिज्ञले आफ्नो सामाजिक संजालको अकाउन्ट बन्द गरेका छन् ।

गर्ल गाइड्स एसोसिएशन अफ साइप्रसका प्रमुख मारिया भन्छिन् ,  “एक महिलाको रुपमा मैले इन्टरनेटबाट सिक्ने क्रममा निकै समय बिताएको छु तर अनलाइनबाट हुने आपत्तिजनक टिप्पणिहरुको सिकार बन्नेछु भन्ने सोचेको पनि थिइन । मेरो  अनुपयुक्त तस्बीरहरु सामाजिक संजालमा साझा भयो र मलाई अनलाइन ब्ल्याकमेल गरियो । अनलाइन उत्पीडनको महिलामा गहिरो प्रभाव पर्छ । यसले एउटा चुप लागेर बस्ने वातावरण बनाउँछ ।”

अनलाइन उत्पीडन गम्भीर विषय हो भन्ने युनिसेफको एक प्रतिवेदनबाट यसको अनुमान गर्न सकिन्छ साइबर ह्यारेसमेन्टको कारण २.३ गुणा अधिक आत्महत्याहरु भइरहेको छ ।

प्रतिवेदनको अनुसार  ४० प्रतिशत महिला पत्रकार उनीहरु त्यस्तो स्टोरी रिपोर्टिङ्ग गर्न चाहदैनन् जसले गर्दा सामाजिक संजालमा उनीहरुको ट्रोल हुन सक्छ । अनलाइन दुर्व्यवहार रोक्नको लागि सर टीम बर्नर्स ली ले सुझाव दिएका छन् ।

सर टीम बर्नर्स ली ने आफ्नो चिठीमा भनेका छन् कि अनलाइन दुर्व्यवहारको विषयमा सरकार र एजेन्सिहरुको काम ढिलो हुन्छ तर अनलाइन दुर्व्यवहारको विषयमा छिट्टै कडा कारवाही गर्नुपर्ने हुन्छ । ली ले यसको लागि की सुझाव दिएका छन्।

प्राथमिकता: सन् २०२० मा सरकार र एजेन्सीहरुलाई महिलामाथि हुने अनलाइन दुर्व्यवहारलाई पहिलो  प्राथमिकता दिनुपर्ने हुन्छ र यसमा छिट्टै काम गर्नुपर्ने ।

सहि डाटा: महिला तथा बालिका माथि हुने अनलाइन दुर्व्यवहारको बारेमा सहि तथ्यांक संकलन गर्नुपर्ने हुन्छ र यसको आधारमा उचित पहल गर्नुपर्छ ।

लैंगिक समानता: सरकार र एजेन्सीहरुको तथ्यांकको आधारमा प्रोडक्ट,  निति र सेवाहरु महिलाको  प्रतिक्रियाको आधारमा तयार हुनुपर्छ ।

कानुनी सुरक्षा : सरकारले यस्तो कानुन बनाउनुपर्छ जसले महिलाहरुसंग अनलाइन दुर्व्यवहार गर्ने व्यक्तिलाई पक्राउ गर्ने, अनलाइन लिंग आधारित हिंसामा रोक लगाउने र दोषीलाई मुद्धा चलाउनुपर्छ ।

जिम्मेदारी: अनलाइनमा कुनै महिलालाई ट्रोल भएको देखे त्यसको विरुद्ध आवाज उठाउनु पर्ने यस्तो प्रोफाइलको शिकायत गर्नुपर्ने हुन्छ ।

Loading
TOP