आइतबार पनि घट्यो सुनको मूल्य, तोलाको कति ?

आइतबार पनि घट्यो सुनको मूल्य, तोलाको कति ?

२ चैत, काठमाडौं । आइतबार सुनको मुल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा रु १ हजार ५०० घटेर प्रतितोला रु ७७ हजारमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार सुन प्रतितोला रु ७८ हजार ५०० मा कारोबार भएको थियो ।

महासंघका अनुसार तेजावी सुनको मूल्य आज रु ७६ हजार ७०० कायम गरिएको छ ।

यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ । आज, चाँदी तोलामा रु ३० ले घटेर प्रतितोला ७९० रुपैंयामा कारोबार भइरहेको महासंघका जनाएको छ ।

Loading
TOP