शारीरिक र मानसिक हिंसा भएपछि वैवाहिक सम्बन्ध तोडे – पूर्वमिस नेपाल खड्गी

शारीरिक र मानसिक हिंसा भएपछि वैवाहिक सम्बन्ध तोडे – पूर्वमिस नेपाल खड्गी

२ चैत, काठमाडौं । पूर्वमिस नेपाल उषा खड्गीले वैवाहिक सम्बन्धबाट अलग्गिने निर्णय गरेकी छन् ।

इमेज टेलिभिजनसँगको कुराकानीमा वैवाहिक सम्बन्धबाट अलग्गिने निर्णय लिएको बताएकी हुन् ।

खड्गीले विवाहपछि आफूमाथि निरन्तर शारीरिक र मानसिक हिंसा भएको कारण वैवाहिक सम्बन्ध तोड्ने निष्कर्षमा पुगेको बताएकी छन् ।

जीपी तिमल्सिनासँग १७ बर्षअघि विवाह गरेकी उषाले सम्बन्ध तोडिएको बारे भनेकी छन्,‘वैवाहिक जीवनको १७ वर्षपछि पनि शारीरिक र मानसिक हिंसा सहनुपर्छ भने वैवाहिक जीवनलाई निरन्तरता दिने कुनै आधार छैन ।  अब मैले नो भनेकी छु ।’

यसअघि नै उषा र जीपीबीच डिभोर्स हुने चर्चा चलेको भएपनि दुवैले अस्विकार गर्दै आएका थिए ।

उषाले अहिले सामाजिक संजाल फेसबुकबाट यस बारेमा जानकारी दिदै माया र सहयोगका लागि धन्यवाद व्यक्त गरेकी छन् । उषा र जीपीका एक छोरा र एक छोरी छन् ।

Loading
TOP