राष्ट्र बैकले सोमबार ६ अर्बको ट्रेजरी बिक्री गर्ने

राष्ट्र बैकले सोमबार ६ अर्बको ट्रेजरी बिक्री गर्ने

२ चैत, काठमाडौं । नेपाल राष्ट्र बैकले सोमबार छ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ । 

ट्रेजरी खरिदको लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । उक्त ट्रेजरी मध्येमा ९१ दिने अवधिको चार अर्ब र एक सय ८२ दिने अवधिको दुई अर्ब रुपैयाँको रहेको छ ।

जसमध्ये ९१ दिने ट्रेजरीको परिपक्व हुने २०७७ असार दुई गते र एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुने बिसं २०७७ भदौ ३० गते तोकिएको छ । राष्ट्र बैकका अनुसार यही फागुन २२ गतेपनि दुई अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिक्री गरिएको थियो ।

Loading
TOP