प्रधानमन्त्री ओली फलोअप परीक्षण गर्न शिक्षण अस्पतालमा

प्रधानमन्त्री ओली फलोअप परीक्षण गर्न शिक्षण अस्पतालमा

२ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका क्रममा आइतबार बिहानै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका छन् ।

मिर्गौला पुनः प्रत्यारोपणका क्रममा पेटभित्र राखिएको ‘स्टेन्ट’ निकाल्नका लागि चिकित्सकको सुझावअनुसार प्रधानमन्त्री अस्पतालमा गएका हुन् ।

केही फलोअप परीक्षण र स्टेन्ट निकालेपछि प्रधानमन्त्री निवासमा फर्किने भएका छन् । शुक्रबार प्रधानमन्त्री ओलीलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।

प्रधानमन्त्री ओलीको गत फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रधानमन्त्री ओली आइतवार साँझ कोरोनाविरुद्ध सहकार्य गर्न सार्क राष्ट्रका सरकार प्रमुखहरुको भिडियो कन्फरेन्समा सहभागी हुने बताइएको छ । 
 

Loading
TOP