कोरोनाको चपेटामा भिआइपी : घरबाट देश चलाउदै नेताहरु

कोरोनाको चपेटामा भिआइपी : घरबाट देश चलाउदै नेताहरु

२ चैत,  काठमाडौँ । कोरोना भाइरसको महामारीले अहिले विश्भर त्रासको वातावारण रहेको छ । कोरोनाको त्रासमा अहिले घरबाट काम गर्नेको संख्या बढ्दै गइरहेको छ, जस मध्यका एक हुन् क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रूडो ।

क्यानाडाका प्रधानमन्त्री ट्रूडो अहिले घरबाट नै देश चलाईरहेका छन्, श्रीमतीलाई कोरोना भाइरस संक्रमण भेटिएपछि उनी आफै पनि क्वारेन्टाइनमा बसेका छन् ।

अन्धाधुन्ध जो कोहिलाई पनि संक्रमित गर्न सक्ने कोरोना भाइरसले संसारका थुप्रै राजनीतिज्ञ र नेताहरुसहितका भिआइपीलाई पनि छोडेको छैन ।

सरकारी अधिकारी देखि राष्ट्रप्रमुखसम्म सबैलाई कोरोनाले ग्रस्त बनाएको छ ।

नेताहरु सधै व्यस्त हुने गर्दछन्, उनीहरुलाई सामाजिक भेटघाट, मानिससँग हात मिलाउनुपर्ने तथा संक्रमितको उपचार भईरहेको अस्पतालको भ्रमण गर्नुपर्ने हुन्छ त्यसैले पनि उनीहरु संक्रमित भएका हुन् ।

विश्वका कतिपय प्रमुखहरु संक्रमण भएका व्यक्तिको सम्पर्कमा आएका कारण पनि आफुलाई संक्रमण भएको छ कि भन्ने आशंकाले जाँच गराइरहेका छन् ।

ट्रूडोलाई भाइरस संक्रमण भएको हो वा होइन भन्ने कुरा सार्वजनिक गरिएको छैन तर उनी भाइरसको कारण आफ्नो कार्यलय नजाने उच्च पदमा रहेका व्यक्तिको सुचीमा समावेस भएका छन् ।

उक्त सुचिमा अमेरिकाका सांसददेखि वेलायतका स्वास्थ्य मन्त्री, इरानका स्वास्थ्यमन्त्री, फ्रान्सका संस्कृति मन्त्री, अस्ट्रेलियाका गृहमन्त्री र युरोपेली संसदका प्रमुख, खेलाडीहरु रहेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटेको एक दिन पछि ब्राजिलका राष्ट्रपतिका प्रेस सल्लाहकारलाई कोरोनाको संक्रमण भएको पुष्टि भएको छ ।

युरोपेली संसदका प्रमुख डेभिड सासोलीले पनि आफुलाई दुई हप्ताको सेल्फ- क्वारेन्टाइनमा राखेका छन् ।

पछिल्लो हप्ता इटाली गएका सासोलीले आफुलाई पनि संक्रमण भएको आशंकामा क्वारेन्टाइनमा बसेका हुन्, उनले मंगलबार युरोपेली संघको मिटिंग भिडियो कन्फरेन्सबाट गरेका थिए ।

ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो अहिले आफ्नो कोरोना भाइरसको टेस्टको नतिजा कुरिरहेका छन् ।

उनका प्रेस सल्लाहकार फाबियो वाजगार्टनलाई कोरोना संक्रमण भएको पुष्टि भए पश्चात् उनले टेस्ट गराएका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफु नजिक रहेका मानिसलाई कोरोना संक्रमण भएकोमा सतर्क भएका छन् ।

उनले भर्खरै मात्र वाजगार्टनसंग भेट गरेका थिए तर उनले भेटमा सम्पर्क नभएको कारण आफुलाई जांच गराउन आवस्यक नभएको बताएका छन् ।

ट्रम्पसंग भेट गरेका अमेरिकाको नौ जना सांसदहरुले भने आफुलाई सेल्फ क्वारेन्टाइनमा राखेका छन् ।

त्यस्तै ट्रम्पकी सल्लाहकार समेत रहेकी उनकी छोरी इभान्का ट्रम्पले पनि कोरना संक्रमण पोजेटिभ देखिएका अस्ट्रेलियाका गृहमन्त्रीसँग भेट गरेको तस्बीर सार्वजनिक भएको छ ।    

ईरानको सरकार भने कोरोनाले पुरै प्रभावित भएको छ । भर्खरै ईरानकका पुर्व विदेश मन्त्री तथा आयातोल्लाह अलि खामेनीका सल्लाहकार डा अलि अकबर वेलायतीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । उनि तेहेरानमा रहेको

आफ्नो घरबाट काम गरिरहेका छन् । खामेनीका अर्का पुर्वसल्लाहकारको भने भाइरस संक्रमण बाट मृत्यु भएको छ ।

महिनाको सुरुवातमा ईरानका २३ जना सांसदमा भाइरस संक्रमण भएको पुष्टि गरिएको थियो जसमध्य दुई जनाको मृत्यु भईसकेको छ । इरानका उपराष्ट्रपति इशाक जहानगिरी कोरोना संक्रमण देखिएको छ ।

फ्रान्सका उच्च ओहोदाका अधिकारीमा पनि संक्रमण भएको छ । जसमध्य फ्रान्सका मुख्यमन्त्री तथा संस्कृति मन्त्री फ्र्यांक रिस्टर पनि संक्रमित छन् । फ्रान्सको संसद मार्च २३ मा संचालन हुने वा नहुने शंका उत्पन्न भएको छ ।

वेलायतका स्वास्थ्य मन्त्री नदिन डोरिसलाई पनि कोरोना भाइरस संक्रमण भएको छ । वेलायती प्रधानमन्त्री बोरिस जोनसनले केहि समय अगाडी मात्र उनलाई भेटेका थिए तर उनले टेस्ट नगर्ने बताएका छन् ।

मंगोलियाका राष्ट्रपति खल्टमागाइन बट्टुलगा र अन्य अधिकारीहरुले एक दिनको चीन भ्रमण पछि आफुलाई दुई हप्तादेखि क्वारेन्टाइनमा राखेका छन् । तर उनलाई संक्रमण नेगेटिभ देखिएको छ ।

भाइरसको संक्रमण नियन्त्रणबाट बाहिरिएको छ । विश्वका प्रमुख नेताहरु पनि प्रभावित भएका छन् जसले गर्दा राजनीतिमा ठुलो असर परेको छ ।

कोरोना भाइरस वृद्ध मानिसमा छिट्टै संक्रमण हुने सम्भावना भएको हुँदा राष्ट्रप्रमुखहरुमा यसको खतरा अधिक हुन्छ किनभने उनीहरुले त्यस पदमा पुग्न वर्षौ मिहेनत गरेका हुन्छन् र केवल ६०, ७० वा ८० को उमेरमा मात्र उच्च पद प्राप्त गर्दछन् ।

त्यस्तै कोरोनाको संक्रमणमा खेलाडी समेत परेका छन् । युभेन्टसका डिफेन्डर डानिएल रुगानी, चेल्सीका युवा खेलाडी कालुम हड्सन ओडो, आर्सनलका म्यानेजर माइक आर्टेटा रहेका छन् ।

त्यस्तै कोरोनाको आशंकामा युभेन्टस र रियल म्याड्रिडका सबै खेलाडी अहिले आइसोलेसनमा रहेका छन् ।     

कोरोनाकै कारण ठुला टेक जाइन्ट गुगल, फेसबुक, ट्वीटर, एप्पललगायतका कम्पनीले आफ्ना अत्यावश्यक बाहेकका अन्य कर्मचारीलाई घरबाट काम गर्ने निर्देशन दिइसकेका छन् ।

Loading
TOP