काठमाडौँस्थित अमेरिकी दूतावासले गर्‍यो सबै भिसा सेवा बन्द

काठमाडौँस्थित अमेरिकी दूतावासले गर्‍यो सबै भिसा सेवा बन्द

३ चैत,  काठमाडौं । काठमाडौँस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाको नियमित सेवा बन्द गरेको छ ।

कोरोना भाइरसका कारण चैत ४ गते (मंगलबार) देखि लागूहुने गरि अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाको नियमित सेवा बन्द गरेको जनाएको छ ।

दूतावासले भनेको छ, ‘हामी जतिसक्दो चाँडो भिसा सेवा पुनर्सञ्चालन गर्नेछौं तर यस बखत भने निश्चित समय तोक्न असमर्थ छौं ।’

दूतावासले एमआरभी भिसा शुल्क जुन मुलुकमा भुक्तानी गरिएको छ सोही मुलुकमा भुक्तानी मितिको एक वर्षसम्म भिसा आवेदनका निम्ति मान्य रहने जानकारी दिएको छ ।

यसका साथै, अति जरुरी कारणवश तुरुन्त यात्रा गर्नका लागि आकस्मिक अनुरोधका लागि दूतावासले उपलब्ध गराएको निर्देशनको पालना गर्न अनुरोधसमेत गरिएको छ । 

Loading
TOP