कोरोना भाइरसको संक्रमणले युरोपमा ठुलो संकट

कोरोना भाइरसको संक्रमणले युरोपमा ठुलो संकट

४ चैत,  काठमाडौं । कोरोना भाइरसको संक्रमणले युरोपमा ठुलो संकट उत्पन्न गराएको छ । पछिल्लो २४ घण्टामा युरोपमा कोरोनाको संक्रमणबाट ठुलो संख्यामा मृत्यु भएको छ ।

इटालीमा थप ३४९ जना, स्पेनमा ४८ जना, फ्रान्समा २१ जना, बेलायतमा २० जना, बेल्जियममा ६ जना, स्विटजरल्याण्डमा ५ जना, नेदरल्याण्डस, स्विडेन र जर्मनीमा ४-४ जनाको ज्यान गएको छ ।

इटाली : कोरोनाको संक्रमणमा अहिले इटाली ठुलो संकटमा परेको छ । इटालीमा चीनपछि धेरैको मृत्यु भएको छ । अहिलेसम्म इटालीमा अहिलेसम्म मृत्यु हुनेको संख्या २१ सय ५८ पुगेको छ । त्यस्तै इटालीमा अहिलेसम्म २७ हजार ९८० जना संक्रमित भएका छन् भने २७ सय ४९ जना ठिक भएका छन् । त्यस्तै १८ सय ५१ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । पछिल्लो २४ घण्टामा इटालीमा थप ३२ सय ३३ जना संक्रमित भएका छन् ।

स्पेन : स्पेनमा पनि कोरोनाको संक्रमण तिब्र गतिमा फैलिरहेको देखिएको छ । स्पेनमा अहिलेसम्म ३४२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा थप १९ सय ५४ जना संक्रमित भएका छन् भने यो सँगै संक्रमितको संख्या ९ हजार ९४२ पुगेको छ ।

फ्रान्स : फ्रान्समा पनि कोरोनाको संक्रमण तिब्रगतिमा फैलिएको पाइएको छ । अहिलेसम्म फ्रान्समा १४८ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा थप १२ सय १० जना संक्रमित भएका छन् भने अहिलेसम्म ६ हजार ६३३ जना संक्रमित भएका छन् ।

बेलायत : बेलायतमा पनि संक्रमितको संख्या बढिरहेको छ । अहिलेसम्म १५ सय ४३ जना कोरोना संक्रमित भएका छन् भने बेलायतमा अहिलेसम्म ५५ जनाको ज्यान गएको छ ।

नेदरल्याण्डस : नेदरल्याण्डसमा कोरोनाबाट अहिलेसम्म २४ जनाले ज्यान गुमाएका छन् । त्यस्तै अहिलेसम्म १४ सय १३ जना संक्रमित देखिएका छन् ।

जर्मनी : जर्मनीमा कोरोनाबाट संक्रमित धेरै देखिएपनि मृत्यु हुनेको संख्या भने तुलनात्मक रुपमा कम देखिएको छ । अहिलेसम्म जर्मनीमा ७ हजार २७२ जना संक्रमित भएका छन् भने १७ जनाको मृत्यु भएको छ ।

स्विटजरल्याण्ड : स्विटजरल्याण्डमा कोरोनाबाट अहिलेसम्म १९ जनाको मृत्यु भएको छ । त्यस्तै कोरोना संक्रमितको संख्या भने २३ सय ५३ पुगेको छ ।

बेल्जियम : बेल्जियममा अहिलेसम्म १० जनाले ज्यान गुमाएका छन् भने एक हाजर ५८ जना संक्रमित देखिएका छन् ।

स्विडेन : स्विडेनमा अहिलेसम्म ७ जनाले ज्यान गुमाएका छन् भने ११ सय २१ जना संक्रमित भएका छन् ।

त्यस्तै अस्ट्रियामा ३ जना, डेनमार्कमा ४ जना, पोर्चुगल, पोल्याण्डमा कोरोनाबाट एक एक जनाको मृत्यु भएको छ ।   

Loading
TOP