सुन तोलामा दुई हजारले घट्यो

सुन तोलामा दुई हजारले घट्यो

४ चैत, काठमाडौं । आज सुनको भाउ तोलामा दुई हजारले घटेको छ ।

आज सुन प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ सोमबार पाँच सय रुपैयाँ बढेर तोलाको ७७ हजार ५ सय रुपैयाँ पुगेको थियो । सोमबार तोलामा पाँच सय बढेको सुन आज दुई हजार रुपैयाँ घटेको हो ।

आज चाँदीको भाउ तोलामा ८० रुपैयाँ घटेको छ । चाँदी तोलामा ७ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सोमबार चाँदी प्रतितोला ७ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

Loading
TOP