भारतमा बढ्दै कोरोना

भारतमा बढ्दै कोरोना

५ चैत, काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण बढिरहेको पाइएको छ । अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या १४७ पुगेको छ भने ३ जनाको मृत्यु भएको छ ।

भारतीय मिडियाका अनुसार अहिलेसम्म १४ जना सफल उपचार भएपछि घर फर्किएका छन् । संक्रमित मध्ये २५ जना विदेशी रहेको समेत भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

कोरोनाको आशंकामा अहिलेसम्म ५७ सय जनालाई निगरानीमा राखिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

भारतका विदेश राज्यमन्त्री वी मुरलीधरण कोरोना संक्रमितलाई भेटे पछि आफुलाई सेल्फ आइसोलेसनमा राखेका छन् भने साउदी अरबबाट फर्किएका सत्तारुढ दल बिजेपीका सांसद सुरेश प्रभुले पनि आफुलाई सेल्फ आइसोलेसनमा राखेका छन् । 

त्यस्तै भारतीय सेनाका एक जवानलाई कोरोना संक्रमण भएको छ । उनका पिता इरानबाट फर्किएको बताइएको छ, उनलाई पनि कोरोना संक्रमण देखिएको थियो । लदाकमा रहेका ३४ बर्षिय जवान भारतीय सेनामा संक्रमित पहिलो व्यक्ति हुन् ।

भारतमा अहिलेसम्म सबै भन्दा धेरै महाराष्ट्र राज्यमा ४२ जना संक्रमित भएका छन् ।     

Loading
TOP