प्रदेश २ को नाम ‘मधेस’ राख्न किन नहुने ?

प्रदेश २ को नाम ‘मधेस’ राख्न किन नहुने ?

५ चैत, काठमाडौँ । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराइले नेपालको संविधानमै ‘मधेसी पहिचान’ स्वीकार हुँदा प्रदेश नम्बर २ को नाम ‘मधेस’ किन राख्न नहुने भन्दै प्रश्न गरेका छन् ।

मंगलबार प्रदेश २ को नामकरणका लागि राखिएको सत्तारुढ दलहरु समाजवादी पार्टी र राजपाको संयुक्त प्रस्ताव अस्वीकृत भएपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले ट्विटरमार्फत आफ्नो असन्तुष्टि पोखेका छन् ।

हिन्दीमा ट्वीट गर्दै डा. भट्टराईले लेखेका छन्, ‘जब ‘मधेसी’पहिचान नेपालके संविधानमें स्वीकार किया गया है तो २ नं प्रदेशका नाम ‘मधेस प्रदेश’क्यों नहीं हो सकता?हमारे पूर्व माओवादी कमरेडो मातृका यादव,प्रभु साह,भरत साह कहाँ हैं?और पूर्व नयाँ शक्तिवाले मित्रों रामचन्द्र झा,रामकुमार शर्मा,महेन्द्र पासवान कहाँ हैं?कुछ तो शरम करो यारो !’

मंगलबार प्रदेशको २ को प्रस्तावित चार नाममा मतदान भए पनि सबै प्रस्ताव अस्वीकृत भएका थिए ।

 सत्तारुढ समाजवादी र राजपा, प्रतिपक्ष नेकपा, कांग्रेस र पर्साका सांसद राजेश्वरप्रसाद साहले प्रदेशसभामा दर्ता गरेका छुट्टा छुट्टै प्रस्तावमा दुई तिहाइ बहुमत नजुटेपछि अस्वीकृत भएका हुन् ।
 

Loading
TOP