अमेरिकाका सबै राज्यमा पुग्यो कोरोना, अहिलेसम्म १०९ जनाको मृत्यु

अमेरिकाका सबै राज्यमा पुग्यो कोरोना, अहिलेसम्म १०९ जनाको मृत्यु

५ चैत, काठमाडौँ । विश्वभर महामारीको रुप लिएको कोरोना अमेरिकामा पनि तिब्र गतिमा फैलिएको पाइएको छ ।

अहिलेसम्म अमेरिकाका सबै ५० वटै राज्यमा कोरोनाको संक्रमण पाइएको छ । पछिल्लो पटक वेस्ट भर्जिनिया राज्यमा पनि कोरोनाको संक्रमण देखिएसँगै अमेरिकाका सबै राज्यमा कोरोना पुगेको हो ।

अमेरिकामा पछिल्लो २४ घन्टामा २३ जनाको मृत्यु भएको छ भने १७ सय ९३ जना थप संक्रमित भएका छन् । योसँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १०९ पुगेको छ भने कुल संक्रमितको संख्या ६ हजार ४ सय ५६ पुगेको छ ।

अमेरिकामा सबैभन्दा धेरै वाशिंटन राज्यमा ५४ जनाको मृत्यु भएको छ भने क्यालिफोर्निया र न्युयोर्कमा १२-१२ जनाको मृत्यु भएको छ । त्यस्तै फ्लोरिडामा ६ जना, लोउइसियानामा ४ जना, न्यु जर्सीमा ३ जनाको मृत्यु भएको छ ।

Loading
TOP