नेकपाको सचिवालय बैठक बस्दै

नेकपाको सचिवालय बैठक बस्दै

५ चैत, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा कोरोना भाइरसको जोखिम, नेकपाले चाल्ने भावी कदमलगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीको मृगौला प्रत्यारोपणपछि उनीसहित सहभागी हुने बैठक पहिलोपटक बस्न लागेको हो ।

मृगौला प्रत्यारोपणपछि पहिलोपटक प्रधानमन्त्री ओली पार्टीको बैठकमा सहभागी हुन लागेका हुन् । सरकार र पार्टी संचालनमा ओली विस्तारै सक्रिय हुनथालेका छन् । उनलाई चिकित्सकले बालुवाटारमै बसेर आराम गर्न भनेपनि सिंहदरबार पुगिसकेका छन् ।

नेकपामा पछिल्लो समय राष्ट्रिय सभामा सरकारको सिफारिशमा मनोनित गर्ने विषयमा विवाद रहेको छ । यसअघि नेकपाको सचिवालय बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई सिफारिश गर्ने निर्णय गरेपनि प्रधानमन्त्री ओलीले सचिवालयको निर्णय नमान्ने बताउदै आएका छन् । 
 

Loading
TOP