दक्षिण कोरियामा ६० विदेशीमा कोरोना संक्रमण, नेपाली भने सुरक्षित

दक्षिण कोरियामा ६० विदेशीमा कोरोना संक्रमण, नेपाली भने सुरक्षित

५ चैत, सोल ।  दक्षिण कोरियामा कोरोना (कोभिड– १९) भाइरसको संक्रमण हुने विदेशीको सङ्ख्या ६० नाघेको छ ।

कोरिया सरकारले सार्वजनिक गरेको तथ्याङ्कानुसार कोरियामा बस्ने चिनियाँ सबैभन्दा धेरै (३८) सङ्क्रमित छन् भने ७ जना अमेरिकी पनि संक्रमित भएका छन् ।

त्यस्तै भियतनामी, मङ्गोलियाली, थाइल्याण्डवासी, अष्ट्रेलियाली र अर्जेन्टिनी दुईदुई  जना सङ्क्रमित छन् ।

यसैगरी जापानी, इण्डोनेशियाली, मलेसियाली, उज्वेकिस्तानी र पोल्याण्डवासी एकएक सङ्क्रमित रहेको तथ्याङ्क कोरियाली सरकारले सार्वजनिक गरेको छ ।

हालसम्म कोरियामा रहेका कुनै पनि नेपालीलाई कोभिड–१९ को सङ्क्रमण नभएको दक्षिण कोरियास्थित नेपाली राजदूतावासका श्रमसहचारी डिल्लीराम बाँस्तोलाले बताए ।

कोरियामा कोभिड–१९ को सङ्क्रमणबाट ८४ जनाको ज्यान गइसकेको छ भने हालसम्म सङ्क्रमित हुनेको सङ्ख्या आठ हजार ४१३ पुगेको छ । 
 

Loading
TOP