कोरोनाबाट निस्किदै चीन : इपिसेन्टर हुबेइमा देखिएन नयाँ संक्रमण

कोरोनाबाट निस्किदै चीन : इपिसेन्टर हुबेइमा देखिएन नयाँ संक्रमण

६ चैत,  काठमाडौँ । कोरोनाको पहिलो इपिसेन्टर चीनको वुहानमा बुधबार कोरोना संक्रमित नदेखिएको चिनियाँ मिडियाहरुले जानकारी दिएका छन् । यस अघि मंगलबार एक जना मात्र संक्रमित देखिएको बताइएको थियो । चाइना पिपुल्स डेलीले हुबेइ प्रान्तमा कोरोनाको नयाँ संक्रमण नदेखिएको बताएको छ ।

चीनका उच्च अधिकारीहरुले लगातार १४ दिनसम्म कोरोनाको संक्रमण नदेखिएमा मात्र वुहानलाई पहिलाको अवस्थामा फर्काउने जानकारी दिएका छन् ।

पछिल्लो एक सातामा चीनमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या न्यून रहेको छ । अहिले देखिएका संक्रमण\का घटना स्थानीयलाई नभएको र विदेशबाट आएकाहरु बह्येको चिनियाँ मिडियाहरुले बताएका छन् ।

अहिले वुहानमा विस्तारै मानिसहरु बाहिर निस्किन थालेको र सरकारले पनि केहि प्रतिबन्ध फुकुवा गरिरहेको बताइएको छ । यस अघि सम्पूर्णरुपमा बन्द भएको वुहान अहिले विस्तारै खुल्न थालेको छ । सार्वजनिक ठाउहरुमा अहिलेपनि स्वास्थ्य छेकअप भइरहेको र यात्रा अग्रण विभिन्न स्वास्थ्य प्रोटोकलको पालना गर्नुपर्ने नियम बनाइएको बताइएको छ ।

कोरोनाको इपिसेन्टर हुबेइ प्रान्तमा अहिलेसम्म ६७ हजार ८ सय संक्रमित भएका छन् भने ३ हजार १३० जनाको ज्यान गएको छ ।

त्यस्तै चीनमा अहिलेसम्म कुल ८० हजार ९२८ जना संक्रमित भएका छन् भने ३ हजार २४५ जनाको मृत्यु भएको छ । अहिलेसम्म चीनमा ७० हजार ४२० जना सफल उपचारपछि घर फर्किएका छन् ।
 

Loading
TOP