कोरोना बारे गलत सूचना प्रवाहलाई ‘अपराधको संज्ञा’

कोरोना बारे गलत सूचना प्रवाहलाई ‘अपराधको संज्ञा’

६ चैत, काठमाडौँ । दक्षिण अफ्रीकामा कोरोना भाइरस सम्बन्धि गलत जानकारी दिने तथा झुटा सूचना फैलाउनेलाई अपराधको संज्ञा दिइएको छ ।

यदि कसैले सो कार्य गरे छ महिना जेल सजाय अथवा जरिमाना तिर्नुपर्ने वा दुवै हुने कानुन लागु भएको छ ।

सामाजिक संजालमा भएको कोरोना सम्बन्धि गलत प्रचारप्रसारको कारण सरकारले बुधवार यस्तो निर्णय लिएको हो ।

कोरोना संक्रमण रोक्न दक्षिण अफ्रीकाको सरकारले टेस्ट गर्ने, उपचार योजना तथा क्वारेन्टाइनको व्यवस्था गरको छ ।

यस हप्ताको सुरुवातमा गौटेंग प्रान्तमा कोरोना संक्रमण टेस्टमा पोजिटिभ आएका बिरामीले क्वारेन्टाइनमा बस्न नमानेपछि त्यहाँको सरकारले अदालतको आदेशमा प्रहरी परिचालन गरको थियो ।

ती व्यक्तिलाई जेलमा भेट्न जान प्रतिबन्ध लगाइएको छ भने सय जना भन्दा धेरै मानिस भेला हुन पनि प्रतिबन्ध लगाइएको छ ।

मदिरापान सम्मेलित भेलामा ५० जना भन्दा धेरै एकै ठाउँमा जम्मा हुन नपाइने नियम लागु गरिएको छ । दक्षिण अफ्रीकामा अहिलेसम्म एक सय १६ जनामा कोरोना संक्रमण भटिएको छ ।

Loading
TOP