औद्योगिक व्यवसाय विकास प्रतिष्ठान ऐन प्रमाणीकरण

औद्योगिक व्यवसाय विकास प्रतिष्ठान ऐन प्रमाणीकरण

७ चैत्र, काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले औद्योगिक व्यवसाय विकास प्रतिष्ठान ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आज प्रमाणीकरण गर्नुभएको छ ।

उक्त विधेयक सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको राष्ट्रिपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले आज विज्ञप्तिमार्फत जानकारी दिनुभएको हो ।

Loading
TOP