कामी भनेर जातीय विभेद गर्ने बस्नेत पक्राउ

कामी भनेर जातीय विभेद गर्ने बस्नेत पक्राउ

७ चैत काठमाडौं : नेपाल दलित विद्यार्थी संघका अध्यक्ष राजु सुनारमाथी जातीय विभेद गरेको अभियोगमा सरोज बस्नेत पक्रउ परेका छन् । सुनारले उजुरी गरेको २ हप्तापछि गााेकर्णेश्वर नगरपालिका नयाँ पार्टीबाट उनलाई पक्राउ गरिएको हो ।

बस्नेतले सुनारमाथी सार्जजनिक स्थानमा जातका आधारमा दुव्र्यवहार गरेको  र सामाजिक सञ्जाल फेसबुकमा पनि जथाभावी लेखेपछि सुनारले उजुरी गरेका थिए । महानगरीय प्रहरी परिसर टेकुमा का अनुसार बस्नेतले नेपाल दलित विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजु सुनारलाई १७ फागुन बेलुकी अपाच्य शब्द प्रयोग गरेको भन्दै उजुरी परेको थियो । बस्नेतले सुनारलाई ‘कामी’को व्यवहार देखाइस् भनी धम्की दिएको, सामाजिक सञ्जालमा ‘नेपाली कांग्रेसको दलित कोटामा प¥या कामीलाई कामी भन्न नहुने रे, कोटा कामीको लिने अनि आफूलाई कामी भनाउन लाज लाग्ने’ जस्ता अपशब्द प्रयोग गरी स्टाटस लेखेको उजुरीमा उल्लेख छ ।

सुनारले बस्नेतले आफ्नो मात्रै नभई समग्र दलित समुदायकै आत्मसम्मानप्रति आँच आउने कार्य गरेको भन्दै जातीय छुवाछुत तथा भेदभाव कसुरमा १९ फागुनमै उजुरी दिएका थिए । २१ फागुनमै बस्नेतलाई पक्राउ गर्न पुर्जी जारी भए पनि १४ दिनपछि प्रहरीले पक्राउ गरेको हो ।

Loading
TOP